के तपाईंको सहरको जनसङ्ख्या गति राख्दै छ?

0

समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । यो संख्या विश्वमै सबैभन्दा धेरै भएको त्रिविको दाबी छ ।

२०७९ जेठदेखि २०८० असारसम्म त्रिविअन्तर्गतका विभिन्न संकायका विभिन्न तह उत्तीर्ण गरेका ७३ हजार ७ सय ४९ छात्रछात्रा सोमबार दीक्षित भएका हुन् । समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । यो संख्या विश्वमै सबैभन्दा धेरै भएको त्रिविको दाबी छ ।

कीर्तिमान बनेको भन्दै समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसाल मात्र होइन त्रिविका प्राध्यापक, कर्मचारी पनि पुलकित देखिन्थे । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा अफिसियल वर्ल्ड रेकर्ड नामक एक संस्थाले प्रमाणपत्र दिएको परीक्षा नियन्त्रक जोशीले बताएका थिए । ‘त्यही प्रमाणपत्रका आधारमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत रेकर्ड कायम गर्ने प्रक्रियामा छौं,’ उनले भने । जबकि यसअघि नाम र काम नै थाहा नभएको यो संस्थाको आधिकारितामाथि नै शंका छ ।

प्राज्ञिक अभ्यास र शैक्षिक गुणस्तरमा क्षमतावान हुनुपर्ने विश्वविद्यालय औचित्य र आधिकारिकता नभएको कीर्तिमानको पछि लागेको भन्दै धेरैले आलोचना गरेका छन् । ‘दीक्षान्त कार्यक्रम भनेको त एउटा उत्साह र औपचारिक कार्यक्रम मात्र हो,’ उनले भने, ‘त्यहाँ कति विद्यार्थी सहभागी भए/भएनन् त्यसको महत्त्व शैक्षिक गुणस्तरमा हुन्छ र ?,’ पूर्वउपकुलपति हीराबहादुर महर्जनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *